काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्लले युएईमा जारी टी-१० लिगमा डेब्यु गरेका छन् । तेस्रो स्थानको लागि भइरहेको खेलमा कुशल टीम अबुधाबीको प्लेइङ एघारमा परेका हुन् ।
यसअघि ८ खेलमा डगआउटमै रहेका कुशलले अन्तिम खेलमा मौका पाएका हुन् । उनी सातौं ओभरको चौथो बलमा आउट भए । १२ बलको सामना गरेका उनले एक चौका र एक छक्काको मदतमा १८ रन बनाए ।
नेपालका अर्का दुई खेलाडी सोमपाल कामी र करण केसीले भने सुरुवात देखि नै खेल्दै समान ६ खेल खेले । कुशलले भने अन्तिम खेलसम्म पर्खनुपरेको हो ।
नेपाल राष्ट्रिय टिमका निवर्तमान कप्तान पारस खड्का यस पटक टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् ।
प्रतिक्रिया 4