Comments Add Comment

दाङमा विद्यालयको चुनावमा प्रचण्ड–माधव समूहका गिरी विजयी

२५ माघ, दाङ । दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ ।

राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो ।

निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड माधव समूहका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गरेका थिए भने र ओली समूह र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत पाएका थिए ।

यस्तै व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन संयोजक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment