Comments Add Comment

 ‘महामारीपछि सामसुङको लोकप्रियता बढ्यो, एस २१ले अझै बढाउँछ’

२६ माघ, काठमाडौं । कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर  प्रणयरत्न स्थापित बताउँछन् ।

कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत गरेको छ ।

प्रस्तुत छ, मोबाइल बजारको वर्तमान अवस्था र सामसुङको नयाँ डिभाइसका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

पछिल्लो समय मोवाइल बजारको अवस्था के छ ?

लामो समय लकडाउन भयो । कोभिड पछाडि मोवाइलको माग बढेको छ । कोभिड नियनत्रण गर्न गरिएको लकडाउनका कारण सबै भरभित्रै बस्नु पर्यो । घरभित्रै बस्दा धेरैलाई इन्टरनेटको आवश्यकता पर्यो । खासगरी घरमा बसेर अनलाइन क्लास लिन होस् या विभिन्न अनलाइन छलफलहरुमा बस्न होस् मोबाइल डिभाइसको आवश्यकता पर्यो ।

बाहिर जान नपाएका कारण लकडाउनका बेला बिक्री धेरै हुन नसकेपनि त्यसबेला मोवाइल डिभाइसको आवश्यकता धेरै महशुस भएको थियो । जसले गर्दा लकडाउन खुलेसँगै मोबाइल डिभाइसको माग हृवात्तै बढ्यो । विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा लिनका लागि पनि माबाइल चाहिने नै भयो । मोबाइलबाट पढ्न पनि सहज भयो ।

अर्को प्रोफेसनल काम गर्नेहरुलाई पनि अफिसियल मिटिङहरु बस्नका लागि मोबाइल फोनको आवश्यकता बढ्यो । अहिले हामी पनि धेरे मिटिङहरु अनलाइन नै बस्छौं ।

अर्को भनेको गेमहरु खेल्नका लागि पनि राम्रो मोबाइल डिभाइस चाहियो । अनलाइन गेमहरु खेल्नका लागि पनि मोबाइलको डिमाण्ड बढेको छ । यी सबै कारणले गर्दा सबैतिर मोवाइलको माग निकै बढेको छ ।

कोभिडका कारण धेरै उद्योग व्यवसायहरु बन्द भए । यसको कारण अर्थतन्त्रका धेरै क्षेत्रमा निकै ठूलो असर गर्यो । तर अन्य क्षेत्रको भन्दा मोवाइलमा कम असर परेकै हो ।लकडाउनको बेला चाहिँ मोवाइल बजारको अवस्था के थियो ? खासगरी कहिलेदेखि मोवाइलको धेरै माग बढेको हो ?

लकडाउनको शुरुवाती अवस्थामा व्यापार व्यवसाय पुरै ठप्प नै थियो । शुरुको तीन महिना त हामी पुरै भित्रै बस्यांै । लकडाउनको बेला त व्यापार हुने कुरा भएन । त्यसपछि क्रमशः बढ्दै गयो । खासगरी लकडाउन खुल्ने बित्तिकै एकदमै बाढी आए जत्तिकै गरेर डिमाण्ड बढेको हो ।

पहिलो कुरा त केहि समय व्यापार नै हुन सकेको थिएन, त्यो केहि समयपछि सरेको थियो । दोस्रो कुरा सबैलाई मोवाइल डिभाइसको आवश्यकता नै बढ्यो । आवश्यकता बढेपछि माग त बढ्ने नै भयो ।

समग्र मोवाइलको माग राम्रो हुँदा सामसुङको चाहिँ व्यापार कस्तो छ ?

नेपलामा मात्रै नभएर विश्व बजारमा नै समासुङ मोवाइल नम्बर वान ब्राण्ड हो । धेरै वर्षदेखि नेपालको सबैभन्दा लोकप्रिय, सबैको रोजार्यमा पर्ने ब्राण्ड नै सामसुङ बनेको छ । विश्वमै आईटी क्षेत्रमा सामसुङ सबैभन्दा धेरै रिसर्च र डेभलपमेन्टमा लगानी गर्ने कम्पनी हो । आईटी भने पछि सबै इनोभेसनका कुराहरु भए ।

हार्डवेयरमात्रै होइन इनोभेसनको कुरा हो । नयाँ प्रविधिहरु बनाउने नयाँ नयाँ आविष्कार गर्ने कुरा हो । यसले गर्दा नेपालका ग्राहकहरुले पनि बुझ्नु भएको छ । बेस्ट सिरिज भनेर हामीले हरेक अंग्रेजी वर्षको सुरुको महिनाहरुमा नयाँ लञ्च गर्छौ ।

भर्खरै हामीले नयाँ डिभाइस लञ्च गरेका छौँ । ग्राहकहरुको पनि निकै चासो हुन्छ । सामसुङले यसपाली कस्तो डिभाइस ल्याउला भन्ने चासो हुन्छ । कस्तो क्यामेरा, कस्तो डिस्प्ले ल्याउला भन्ने हुन्छ । प्रोसेसरहरु कस्तो आउछ, कस्तो मूल्यमा आउछ भन्ने चासो हामीले ग्राहकहरुमा पाउँछौं ।

यहाँको मध्यम र इन्ट्री लेभलमा पनि ग्राहकको आकर्षण धेरै छ । यो बिचमा अन्य नयाँ नयाँ ब्राण्डहरु पनि आएका छन् । निकै प्रतिष्पर्धा पनि भएको छ । बजार हो, प्रतिष्पर्धा भइहाल्छ । हामी यसलाई सहजै स्वकिाछौर्ैं । यो प्रतिष्पर्धाले हामीलाई अझै राम्रो गर्न प्रेरित गर्छ ।

नयाँ फिचरहरु ल्याउनु पर्यो, मूल्य पनि सोहि अनुसारको हुनु पर्यो भन्ने हुन्छ । ग्राहकहरुको चाहाना अनुसार ल्याउन सक्नु हाम्रो चाहाना हो । समग्रमा भन्नुपर्दा सामसुङको लोकप्रियता कोभिडपछि झन धेरै बढेको छ ।  अब एस २१ सिरिजले अझै बढाउँछ भन्ने हाम्रो विश्वास छ ।

अहिले बजारमा धेरै ब्राण्डका मोबाइलहरु प्रसस्तै छन् । प्रतिस्पर्धा त झन धेरै बढेको होला होइन ?

प्रतिस्पर्धा जुनसुकै व्यवसायमा बढेको राम्रो हुन्छ । प्रतिस्पर्धा बढ्दा सबैलाई आफू राम्रो हुनुपर्छ भन्ने हुन्छ । हाम्रो खुला बजार अर्थतन्त्र हो । सबै ब्राण्डका प्रोडक्टहरु आउन सक्छन् ।

तर सामसुङलाई त्यति ठूलो असर गरेकेा छैन । यो प्रतिस्पर्धाले हामीलाई अझ उचाईमा लगिरहेकेा छ । हामी अरुसँग होइन आफैसँग पनि प्रतिस्पर्धा गरेर थप बलियो र राम्रो हुन्छौं ।

हामीले नयाँ नयाँ फिचरहरु भएका डिभाइसहरु ल्याइरहेका छौँ । हामीले १०१ मेगापिक्सलको क्यामेरा भएको डिभाइस लञ्च गर्यौ । १०२० हर्ज स्क्रीन भएको नेपालमा पहिलो पटक हामीले ल्याएका हौं । हामलसालै पनि केही महिना अगाडि जि फोल्ड डिभाइस ल्यायौँ । जसको स्त्रिmन पट्याउन मिल्ने सुविधा छ ।

त्यो हामीले नै नेपालमा पहिलो पटक ल्याएका हौँ । जो ग्राहकहरु ग्लोबल इनोभेसनलाई प्रयोग गर्न चाहानुहुन्छ, उहाँहरुलाई हामीले पि्रमियम डिभाइस उपलब्ध गराएका छौँ । हरेक वर्गलाई लक्षित गरेर हामीले प्रोडक्टहरु ल्याएका छौं । हामी अझै नयाँ प्रविधिसहितका नयाँ प्रोडक्टहरु ल्याउनेछौँ ।

भर्खरै सामसुङको नयाँ डिभाइस पनि नेपाल भित्र्याएको छ, यसको विषयमा पनि थोरै जानकारी दिनुस् न ।हामीले नयाँ सिरिजको ग्लालेक्सी एस लन्च गरेका छौँ । एस सिरिज भन्ने वित्तिकै जहिले पनि नयाँ विशेषता, नयाँ आविष्कारहरुको परिचयको रुपमा बुझ्छौं । इनोभेसन रुचाउने हाम्रा ग्राहकहरुका लागि लक्षित गरेर यो फोन लन्च गरेका हौं । यसमा कुनै उमेर वा लिंग लक्षित गरेका छैनौं । नयाँ चिज, नयाँ अविष्कार, नयाँ प्रयोगमा रमाउन चाहानेका लागि यो फोन धेरै राम्रो छ ।

सामाजिक सञ्जालमा रमाउन चाहानेहरुका लागि पनि यो धेरै राम्रो छ । यसमा धेरै फिचरहरु छन्, जसमा केही मूख्य फिचरहरुम्ाात्रै म यहाँ भन्न चाहान्छु । यसको क्यामेराको क्वालिटी एकदमै राम्रो छ । अहिले हामीले तीन प्रकारका फोनहरु लन्च गरेका छौंँ । यसमध्ये एस २१ अल्ट्रा दुई वटा कलर -रङ्ग) र ग्यालेक्सी एस २१ प्लस तीन वटा कलरमा उपलब्ध छन् ।

साइजको कुरा गदौ एस २१ अल्ट्रा ६.८ इञ्चको स्क्रीन छ भने एस २१ प्लस ६.७ इञ्च र एस २१ मा ६.२ इञ्चको स्क्रीन छ । अल्ट्रामा चारवटा क्यामेरा छ । एउटा मूख्य लेन्स १०८ मेगा पिक्सलको क्यामेरा छ । वाइड लेन्स, जुम लेन्स लगायतका सुविधाहरु छन् । यसले एक सय टाइम्स जुम गर्न सक्छ । मधुरो प्रकाशमा पनि निकै राम्रो फोटो आउछ ।

अध्यारोँमा फोटो खिच्न धेरै उपयोगी छ । यहाँ प्रयोग गरिएको स्क्रीन एकदमै राम्रो छ । ३ सेकेन्डमा फोन रिप|mेसमेन्ट हुन्छ । कुनै मोवाइल चलाउदा स्त्रिmन सार्दा सरर नसर्न सक्छ । तर यो सहजै सर्छ । जसले अनलाइन गेमहरु खेल्नका लागि पनि धेरै सजिलो हुनेछ । यसमा अड्की-अड्की सरेको जस्तो फिल हुँदैन । गेम खेल्दा यसको फास्ट रेस्पोन्स हुन्छ ।

मोबाइल फोनको मुटु भनेको प्रोसेसर हो । यहाँ एकदमै लेटेस्ट प्रोसेर प्रयोग गरिएको छ, जुन एकदमै राम्रो र छिटो छ । यो मोबाईलमा फोटोका लागि जुम सुविधा र लेजर अटो फोकस, फाइभ जी मोडेल र ५ नानोमिटर प्रोसेसर जस्ता अत्याधुनिक विशेषता रहेको छ । यस्तै यी मोबाइलको १ वर्षको बिमा सुविधा पनि रहेको छ ।

यि मोवाइलहरु कति मूल्यदेखि कति मूल्यसम्ममा उपलब्ध छन् ?

राम्रो भएपछि अलि मूल्य पनि राम्रो नै हुने भइहाल्यो । यी डिभाइसहरु एकदमै उचित मूल्यमा उपलब्ध छन् । मूल्यको कुरा गर्नु पर्दा एस२१ अल्ट्राको १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेको छ । एस २१ प्लसको मूल्य भने १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ र एस २१ को १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ मूल्य राखेका छौँ ।

ग्राहकहरुको चाहाना इच्छाहरु फरक-फरक हुन्छ । आफ्नो इच्छा अनुसार मूल्य, साइज, कलर रोजेर किन्न सक्नुहुनेछ । केहि समय अघि हामीले पि्र बुकिङ खुला गरेका थियौं । ग्राहकहरुको एकदमै आकर्षण देखिएको थियो । पि्र-अर्डर पहिलेका वर्षहरु भन्दा धेरै बढेका छन् ।

कोभिडपछि राम्रो डिभाइसको चाहाना बढेको छ । हामीले सहजताका लागि ईएमआईको सुविधा पनि ल्याएका छौं । थोरै मासिक किस्ताको भरमा यो मोवाइल किन्न सक्नुहुनेछ । ब्याजदर निःशुल्क गरेका छौंँ । हामी नेपालीहरुसँग ठूलो रकम नगद नै नहुन सक्छ ।

यसले हामीले सजिलै मोबाइल किन्न पाउनुहोस् भनेर ब्याजको बोझ समेत नहोस् भनेर शून्य ब्याजदरमा नै यो मोवाइल किन्न सक्नुहुन्छ । न्युनतम ९ सय २ सय रुपैयाँ महिनामा बुझाउने गरी यो मोवाइल किन्न सकिनेछ ।

यसमा कुनै ब्याजदर वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बजार मूल्यमा नै मोबाइल किन्न सकिनेछ । यहाँ लाग्ने सबै चार्जहरु कम्पनीले नै व्यवस्थापन गरेको छ । मोबाइल किन्न चाहाना छ, तर नगद रकम छैन भन्नेहरुका लागि शून्य ब्याजदरमा ईएमआईको व्यवस्था गरेका छौँ ।पुरानो डिभाइस भएकाहरुले एक्सचेञ्ज कार्यक्रम पनि ल्याएका छौँ । केही आउटलेटहरुबाट एक्सचेन्ज भ्यालूमा थप ३ हजार रुपैयाँ समेत थपिदिन्छौं, त्यो मूल्य घटाएर नयाँ मोवाइल किन्न सकिनेछन् । अब अर्को महत्वपूर्ण कुरा भनेको मोवाइलको स्क्रीन फुट्ने तनाब पनि हुनसक्छ । यो नहोस् भनेर हामीले बिमाको व्यवस्था गरेका छौं ।

खसेर स्क्रीन फुटिहाल्यो भने बिमाले नै कभर गरिदिन्छ । बिमाको लागि ग्राहकले प्रिमियम पनि तिर्नु पर्दैन । हामीले नै तिरिदिएका छौं । ग्राहकले निःशुल्क बिमा सुविधा पाउनु हुनेछ । सामसुङ एकदमै लोकपि्रय ब्राण्ड हो । यो हुनुको कारण ग्राहकको विश्वासकै कारण हो ।

कुनै वस्तु किन्नेमात्रै होइन, किनेपछिको सर्भिस कस्तो हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । हाम्रो सबैभन्दा ठूलो सर्भिस सेन्टरहैको नेटवर्क छ । देशका मूख्य १९ सहरहरुमा सर्भिस सेन्टरहरु छन् । मोबाइलमा कुनै समस्या आयो भने त्यहाँ बनिहाल्छ । यसकाकारण सामसुङका ब्राण्डहरु ढुक्क सँग चलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment