Comments Add Comment

प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने

१ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाबाट दुई वटा बस राजविराज र दुई वटा बस वीरगंजसम्म गुड्नेछ । यस्तै एउटा बस राजविराज र वीरगंज चलाउने योजना मन्त्रालयको छ ।

मन्त्री सोनलले सस्तो भाडादरमा जनताले यो बसमा यात्रा गर्न सक्ने बताए । उनले बसलाई अन्य यातायातभन्दा व्यवस्थित तरिकाले संचालन गरिने बताए ।

३ सय ५६ किलोमिटर सडक निर्माण

पत्रकार सम्मेलनमा मन्त्री सोनलले गत आर्थिक बर्षमा मन्त्रालयले प्रदेशभरि ३ सय ५६ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए । ५१ किलोमिटर कालोपत्रे, ७५ किलोमिटर ढलान, १ सय ७० किलोमिटर ग्राभेल र ६० किलोमिटर नयाँ बाटो निर्माण गरिएको उनले बताए ।

यस्तै, मन्त्रालय मार्फत् ५ हजार ४ सय ३० हेक्टर जग्गामा सिंचाईको व्यवस्था मिलाइएको र २ सय ४९ वटा डिप ट्युववेल जडान गरिएको उनले बताए ।

दुई बर्षमा मन्त्रालय मार्फत् २६ वटा धर्मशाला, ९ वटा दलित छात्रावास र आठै जिल्लामा ज्येष्ठ नागरिक आवास भवन निर्माण गरिएको बताउँदै उनले यहीं आर्थिक बर्षभित्र हस्तान्तरण गरिने बताए ।

प्रदेशमा जनता आवास कार्यक्रम मुलुकमै राम्रो रहेको दावी गर्दै उनले एक बर्षमा २ हजार १ सय १ घर बनाइसकिएको र ४ हजार ६ सय ५९ घर यहीं आर्थिक बर्षभित्र निर्माण गरिने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment