+
+
Shares

सुनको भाउ आज पनि ओरालोतर्फ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते ११:३६

६ फागुन, काठमाडौं । गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ नयाँ कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।

बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १३४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १३३५रुपैयाँ तोकिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?