+

जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

२०७७ फागुन  १२ गते ७:११ २०७७ फागुन १२ गते ७:११
जिरुडको शानदार गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।

गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।

उनको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।

कोरोनाको कारण एट्लेटिकोले घरेलु मैदानको खेल रोमानियामा खेलेको हो ।

दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।

चेल्सी च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय