+

पश्चिम रुकुमले जित्यो खुल्ला पुरुष भलिबलको उपाधि

२०७७ फागुन  २० गते १२:३१ २०७७ फागुन २० गते १२:३१
पश्चिम रुकुमले जित्यो खुल्ला पुरुष भलिबलको उपाधि

२० फागुन, दाङ । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता-२०७७ को उपाधि पश्चिम रुकुमले हात पारेको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भएको प्रतियोगिताको बुधबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा डल्फिल फिड केलालीलाई ३-२ को सेटमा पराजित गर्दै पश्चिम रुकुमले उपाधि जितेको हो ।

तुलसिपुर अरनिको खेल मैदानमा भएको रोमाञ्चक फाइनलमा पश्चिम रुकुमले कैलालीलाई २७–२५,२२–२५,१५–२५,२५–१९,१५–१ ले हराएको हो । दुवै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल निकै कडा प्रतिष्पर्धा र रोमाञ्चक भएको थियो ।

च्याम्पियन पश्चिम रुकुले उपाधिसँगै नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपिवेजता कैलालीले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र पायो ।

सबैका लागि खेलकुद ,खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै प्रतियोगिता सञ्चालन गरिएको थियो।

यस्तै रुकुम पश्चिमलाई च्याम्पियन बनाउन योगदान गरेका विशाल विक प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

बेस्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी, बेस्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर, बेस्ट ब्लकर कैलाली कै हेमन्त मल्ल, बेस्ट स्पाईकर दुर्गाबहादुर सुनार, बेस्ट कोच डल्फिन कैलालीका ज्ञानेन्द्र विष्ट घोषित भए । राइजिङ प्लेयर पीवाईसी रुकुमका दिनेश बाठा घोषित भए ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्द, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष निरज मास्केले विजेता टिम तथा खेलाडिलाई पुरस्कार वितरण गरेका थिए ।

भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय