+

मोराटाको दुई गोलमा युभेन्टसको पुनरागमन जित

२०७७ फागुन  २३ गते ८:२९ २०७७ फागुन २३ गते ८:२९
मोराटाको दुई गोलमा युभेन्टसको पुनरागमन जित

२३ फागुन, काठमाडौं । अल्भारो मोराटाले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा लाजियो विरुद्ध पुनरागमन जित हात पारेको छ ।

शनिबार राति  भएको खेलमा साविक विजेता युभेन्ट्सले घरेलु मैदानमा लाजियोलाई ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लाजियोमा जोआकिन कोरेअले गोल गर्दा युभेन्ट्स १४औं मिनेटमा पछि परेको थियो । तर ३९औं मिनेटमा एड्रिन राबिओटले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा युभेन्ट्सका लागि मोराटाले दुई गोल गरे । ५७ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि ६० औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।

जितपति तेस्रो स्थानको युभेन्ट्सले २५ खेलमा ५२ अंक जोडेको छ र दोस्रो स्थानको एसी मिलानसंग अंकदूरी १ मा झारेको छ । समान खेलबाट ५३ अंकसहित मिलान दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको इन्टर भन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ । ५३ खेलबाट ५९ अंकसहित इन्टर शीर्ष स्थानमा छ ।

अल्भारो मोराटा युभेन्टस्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय