Comments Add Comment

दोलखामा जिपले किचेर एकजनाको मृत्यु

२५ फागुन, चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ ।

वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए ।

यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको बिग्रिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरो गुडेर बद्री थामीलाई किचेको हो । थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment