+

युरो कपपछि पद छाड्ने जर्मन फुटबल प्रशिक्षक योकिमको घोषणा

२०७७ फागुन  २५ गते १६:५५ २०७७ फागुन २५ गते १६:५५
युरो कपपछि पद छाड्ने जर्मन फुटबल प्रशिक्षक योकिमको घोषणा

२५ फागुन, काठमाडौं । जर्मनी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योकिम लो ले युरो कप पछि आफ्नो पद छाड्ने भएका छन् । आगामी जुन-जुलाइमा हुने युरो कप पछि लो ले जर्मन टिम छाड्ने मंगलबार घोषणा गरेका हुन् ।

सन् २००६ देखि लो जर्मन टिमको प्रशिक्षकको रुपमा छन् । उनको प्रशिक्षणमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि जितेका थिए । २००६ को विश्वकपपछि योर्गन क्लिनसमेनले जर्मन टिम छाडेपछि लो प्रशिक्षक बनेका थिए ।

६१ वर्षीय प्रशिक्षक लो ले आफूले सुझबुझपूर्ण तरिकाले पद छाड्ने निर्णय गरेको बताएका छन् ।

यस्तै उनले जर्मन टिमका लागि काम गर्न पाउँदा आफू सम्मानित भएको समेत बताएका छन् ।

जर्मनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय