Comments Add Comment

चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै

फाइल तस्वीर

२६ फागुन, काठमाडौं । चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम तथा गण्डकी प्रदेश आसपासका भू–भागहरूमा मेघगर्जन चट्याङ्सहित वर्षा गराउने बादल विकसित भएको छ । यो बादल पूर्वतर्फ सर्ने क्रममा छ ।

मौसमविद राजु प्रधानाङ्गले यसको प्रभाव केही घण्टासम्म मात्रै रहने बताए । ‘प्रिमनसुन सिजनको बेला अपराह््नपख बादलहरु विकसित हुन्छ र चट्याङ पर्ने, क्षणिक पानी पर्ने हुन्छ,’ प्रधानाङ्गले अनलाइनखबरसँग भने, ‘यसको असर धेरै लामो समय रहँदैन, केही घण्टा मात्र हो ।’ चट्याङले क्षति पनि पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।

यो पनि पढ्नुहोस चट्याङको मौसम सुरु भयो, कसरी जोगिने होला ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था छ । अपराह्नपछि देशका पहाडी भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी फागुन २७ गते गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू–भागमा तथा २८ गते प्रदेश २ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदलीको सम्भावना छ । यसैगरी देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment