+

खानेकुरा निल्नमा समस्या : कसरी बल्झिन्छ, कसरी नियन्त्रण गर्ने ?

२०७७ फागुन  २८ गते १०:०० २०७७ फागुन २८ गते १०:००
खानेकुरा निल्नमा समस्या : कसरी बल्झिन्छ, कसरी नियन्त्रण गर्ने ?

कहिलेकाहीँ हामीलाई खाना खाने बेलामा मात्रै नभएर पानी पिउने बेलामा समेत निल्न समस्या भएको महसुस हुन्छ । हामी औषधि खाँदैनौं तर पनि केही समयमा त्यो आफैँ निको हुन्छ । तर यही समस्यालाई लिएर कतिपयले भने यो दीर्घकालीन स्वास्थ्य समस्याको संकेत त होइन भनेर चिन्ता व्यक्त गरेको पाइन्छ ।

खानेकुरा निल्नको लागि समस्या हुनु एक यस्तो स्थिति हो जसमा भोजन वा तरल पदार्थलाई सहज तरिकाले निल्ने नलीमा कुनै न कुनै अवरोध हुन सक्छ । यसले खाना खाँदा होस् या पानी पिउँदा समेत घाँटीबाट निल्न कठिन भएको महसुस गराउँछ ।

कुनै कुरा निल्न कठिन हुने अवस्थालाई मेडिकल भाषामा डिस्फेजिया भनिन्छ । यो लक्षण सधैंको लागि वा दीर्घकालीन मेडिकल स्थितिको संकेत गर्ने समस्या होइन । यो केही समयसम्म रहन्छ र आफैँ ठीक पनि हुन्छ । त्यसैले यस्तो समस्यामा डराउनुपर्ने अवस्था रहँदैन ।

कुनै वस्तु निल्न समस्या हुनुका केही कारणहरु हुन्छन् । प्रायः इसोफेगसमा हुने क्षति या इसोफेगसलाई कन्ट्रोल गर्ने मांसपेसी वा तन्त्रिकाले ठीक काम नगर्दा यस्तो समस्या सिर्जना हुन्छ । जुन बारम्बार दोहोरिरहने समस्याभित्र पर्छ ।

खानेकुरा निल्न हुने समस्यालाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ । जस्तो कुनै मुख वा गलामा हुने समस्यालाई ओरोफेरिन्जियल डिस्फेजिया भनिन्छ । भोजनलाई मुखदेखि पेटसम्म लैजाने एउटा नली हुन्छ । उक्त नलीमा हुने समस्यालाई इसोफेगस भन्छन् । यही दुई अवस्थामा कुनैपनि कुरा निल्न अप्ठ्यारो हुन्छ ।

निल्न समस्या हुनुका लक्षणहरु

डिस्फेजियाको स्थिति बारम्बार देखिन सक्छ र समयसँगै यो निको पनि हुन्छ । कुनै पनि खानेकुरा निल्न समस्या हुने वा सलोइङमा निम्न लक्षणहरु देखिन्छ ।

–कुनैपनि खानेकुरा निल्ने बेलामा गला अवरुद्ध हुनु, खोकी लाग्नु आदि हुने गर्छ ।

–निलिसकेको खानेकुरा पनि फेरि मुख वा नाकमार्फत् बाहिर आउनु

–भोजन या पानीको समेत केही भाग आफ्नो गलामा वा छातीमा अड्किएर बसेको जस्तो महसुस हुनु

–वजन कम हुनु किनकि तपाईं पर्याप्त मात्रामा भोजन वा तरल पदार्थको सेवन गर्न सकिरहनु भएको छैन ।

–कुनै पनि खानेकुरा निल्ने बेलामा दुखाइको महसुस हुनु

–छातिमा दुखाइ वा दबाब महसुस हुनु ।

–बोली अवरुद्ध हुनु

–बच्चाहरुमा निश्चित प्रकारका खानेकुरा खान इन्कार गर्नु

–खाना खाने समय भोजन बाहिर निस्कनु

किन हुन्छ यो समस्या ?

तन्त्रिकामा क्षति हुँदा उक्त नसामा समस्या देखिन सक्छ । जसले कुनै पनि कुरा खाँदा त्यसलाई नियन्त्रण गर्ने गर्छ । डिस्पेजियाको केही न्यूरोलोजिकल कारणहरु समेत हुन्छन् । ती निम्नानुसार छन् ।

–स्ट्रोक

–यस्तो न्यूरोलोजिकल स्थिति जसले समयका साथसाथ मस्तिष्क र तन्त्रिकालाई समेत क्षतिग्रस्त गर्न सक्छ । यसमा पार्किन्सन रोग, मल्टिपल स्क्लेरोसिस र डिमेन्सिया आदि सामेल हुन्छन् ।

–मस्तिष्कमा हुने ट्युमर

कसरी बच्ने यो समस्याबाट ?

डिस्फेजियाको रोकथाम केवल त्यतिबेला सम्भव हुन्छ । जतिबेला त्यस्तो रोकावटलाई खोल्न सकिन्छ । कैयौं दीर्घकालिक न्यूरोमस्कुलर स्थितिहरु समेत यो समस्या देखिन सक्छ । यस्तो भयो भने यसलाई रोकथाम गर्न सम्भव छैन । यो बिस्तारै आफैँ ठीक हुने गर्छ ।

यसबाहेक औषधिको मद्धतले ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिजको कम या त्यसको रोकथामको काम समेत गर्न सकिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?