Comments Add Comment

टेलिकमको सञ्चालकमा अम्बिका पौडेल निर्विरोध निर्वाचित

५ चैत, काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा सेयर लगानीकर्ता अम्बिका पौडेल निर्वाचित भएका छन् । पौडेल सर्वसाधारण समूहबाट बिहीबार टेलिकमको सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् ।

पौडेल पुराना तथा अनुभवी सेयर लगानीकर्ता हुन् । सेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका उनी निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत हुन् ।

करिब चार दर्जन कम्पनीको सेयर होल्ड गरेका पौडेल चन्द्रागिरि हिल्ससहित नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत चार कम्पनीको सञ्चालक यस अघि नै छन् । उनी एनटीसीको सञ्चालकमा चयन भएसँगै नेप्सेमा सूचीकृत पाँच कम्पनीको सञ्चालक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment