काठमाडौं । लण्डन क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा शेफिल्ड युनाईटेडलाई २-० गोल ले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । यस्तै शेफिल्डका खेलाडीले एक गोल उपहार दिए ।
शेफिल्डका ओलिभर नोर्उडले २४औं मिनेटमा आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।
इन्जुरी टाइम जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
८ पटक एफए कप जितेको चेल्सीले पछिल्लो पटक २०१८ मा उपाधि जितेको थियो । गत वर्ष भने चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।
प्रतिक्रिया 4