+
+
Shares

आयल निगम अगाडि नेविसंघको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १७:४७

२३ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले सोमबार धर्ना दिएको हो ।

वर्तमान सरकारले कोरोना महामारीको समयमा जनतालाई राहत दिनुपर्नेमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आहत दिएको विरोधमा धर्ना दिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले बताए ।

सोमबार नै अनेरास्ववियूले निगमको कार्यालय अगाडि प्रदर्शन गर्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?