Comments Add Comment

बालबालिकासँग गरौं भलाकुसारी

बच्चाका लागि साथी पनि बन्नुपर्छ । उनीहरुसँग खेल्नुपर्छ, वातचित गर्नुपर्छ, रमाउनुपर्छ । बालबच्चाले यस्तो महसुष गरोस् कि, उनीहरुलाई साथीको अभाव छैन ।

किनभने बच्चाले आफ्ना आमाबुवाबाट अभिभावकत्व मात्र चाहँदैनन् । मित्रवत् व्यवहार पनि गर्छ । जबकी बच्चाहरुले प्रत्येक अभिभावकबाट चाहने भनेकै माया, प्रेमका हो ।

तर, हामी बालबालिकासँग भलाकुसारी गरिरहेका हुँदैनौं । उनीहरुको कुरा सुनिरहेका हुँदैनौं । बालबालिकासँग समय बिताउने बाहानामा कहिले हामी उनीहरुलाई निगरानी गर्छौ त कहिले अनेक आदेश र उपदेश दिइरहेका हुन्छौं । जबकि बालबालिकासँग उनीहरुकै हितैषी बनेर खेलिरहेका हुँदैनौं ।

बालबालिकाहरुसँग जब हितैषी जस्तै बनेर खेल्ने, रमाउने, कुराकानी गर्ने गरिन्छ, त्यसबाट उनीहरुले सम्पूर्ण रुपमा आनन्द लिन्छन् । उनीहरु उन्मुक्त रमाउँछन् । त्यती मात्र होइन, यतिबेला अभिभावकले के पनि बुझ्न सक्छन् भने उनीहरुको इच्छा, रुची, क्षमता के हो ।

यद्यपि अहिले हामी धेरैजसो अवस्थामा बालबालिकालाई बेवास्ता गरिरहेका हुन्छौं । दिनभर आ आफ्नै काम व्यवहारमा व्यस्त हुन्छौं । साँझ घर पुगेपछि मोवाइल वा टेलिभिजनमा लिप्त हुन्छौं । बालबालिकासँग कुराकानी गर्न जाँगर चल्दैन ।

मोवाइल छाडेर बालबालिकासँग पूर्ण रुपले घुलमिल हुने, गफ गर्ने, खेल्ने, हाँस्ने, रमाउने गतिविधि गर्नु उचित हुन्छ ।

घरको सरसफाई, खानापिना लगायतका अन्य जरुरी काममा हामी आफ्नो समय यसरी व्यतित गर्छौं की बच्चासँग बस्ने हामीलाई फुर्सद हुँदैन । जबकी बालबालिकालाई पनि आफुसँगै घरासयसी कामकाजमा सामेल गराएर मनोरञ्जन लिन सकिन्छ । उनीहरुलाई स सना र सजिला काम लगाउन सकिन्छ । यसबाट उनीहरुले काम गर्न सिक्छन्, सहयोगी भावना विकास हुन्छ, जीवनोपयोगी शिक्षा लिन्छन् र आमाबुवासँग घुलमिल हुने मौका पनि पाउँछन् ।

साथै प्रत्येक साता छुट्टीको दिन बच्चाहरुसित घुम्न गएर वा पिकनिकमा गएर पनि उनीहरुसित क्वालिटी समय व्यतित गर्न सकिन्छ । यसले आमाबुवा र बच्चाबीचको सम्बन्ध मजबुत हुने गर्छ । यदी तपाई मर्निङ्ग वाक, जिम, योगा गर्नुहुन्छ भने बच्चालाई पनि त्यस्ता क्रियाकलापमा सामेल गर्न सकिन्छ । यसले बच्चालाई फिट राख्नुका साथै सिर्जनशील बनाउन मद्दत गर्छ ।

बच्चाहरुलाई बगैचामा काम गर्ने , बोट विरुवा रोप्ने पनि ठूलो सोख हुन्छ । त्यसैले, उनीहरुसित मिलेर फूल विरुवा रोपेर पनि उनीहरुको बौद्धिक विकास गर्न सकिन्छ ।

बच्चासित बच्चै बनेर उनीहरुसित कलर गरेर, खेलकुद गरेर पनि उनीहरुसित क्वालिटी टाइम व्यतित गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment