+

राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाए कोभिड विरुद्धको खोप

२०७७ चैत  २५ गते १८:१९ २०७७ चैत २५ गते १८:१९
राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाए कोभिड विरुद्धको खोप

२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाएका छन्। सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्रव्यापी अभियान अन्तर्गत उनीहरुले बुधबार चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरस्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, आरिफ शेख, करण के.सी., सुशन भारी, अविनाश बोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, असिफ शेख, शाहव आलम, पवन शराफ लगायतले चीन सरकारबाट प्राप्त भेरो सेल खोप लगाएका हुन ।

सरकारले १८ देखि ५९ वर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिकतामा राखेको छ । जसमा खास गरी उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्य्यन गर्न जाने तथा चीनबाट अध्य्यन गरी नेपाल फर्किएका र नेपालर्म बसोबास गर्नेहरुलाई समेत प्राथमिकतामा रहेका छन् ।

यस्तै नेपालमा रहेर कामकाज गरिरहेका चिनियाँ नागरिकहरु, आयात निर्यातको व्यवसाय सञ्चालन गर्ने व्यापारिहरु पर्यटन व्यवसायी तथा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई विशेष ग्राहयता दिने बताएको छ ।

शिक्षक, शिक्षिका तथा होटल व्यवसायी तथा मजदूरहरु, फलफुल तथा तरकारी व्यवसायी, विज्ञापन व्यवसायी, इन्टरनेट सेवा प्रदायकसँगै लगायतकालाई पनि यसै चरण अन्तर्गत खोप दिने सरकारको तयारी छ । पहिलेका खोप कार्यक्रममा कारणबस सहभागी हुन नसकेका तथा छुटेकाहरुले समेत खोप लिन सक्ने बताइएको छ ।

कोरोना खोप क्रिकेट पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय