३१ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकाे आयोजना आगामी वैशाख ४ देखि ११ गतेसम्म हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको खेल समय परिवर्तन भएको छ ।
क्यानले प्राविधिक कारण खेलकाे समय परिवर्तन गरिएको जनाएको छ । यसअघि दिउँसाे २:१५ मा तय गरिएकाे खेल अब १:१५ मा हुने ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले डबल राउण्ड राेविन लिगका आधारमा खेलाइनेछ ।
वैशाख ४ गते हुने पहिलो खेलमा घरेलु टाेली नेपालले नेदरल्यान्ड्ससंग खेल्नेछ । खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्नेछ । यस्तै नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा र अन्तिम लिग खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।
प्रतिक्रिया 4