
बलिउडमा नायक–नायिकाहरुको प्रतिस्पर्धाको खबर सार्वजनिक भैरहेको हुन्छ । अझ, बलिउडमा एउटै समयमा प्रवेश गरेका कलाकारको प्रतिस्पर्धाको चर्चा त सामान्य जस्तै हो ।
फिल्मी पृष्ठभूमीबाट बलिउडमा प्रवेश गरेका २ नायिका हुन्, साराअली खान र जानवी कपुर । साराले चलचित्र ‘केदारनाथ’बाट बलिउडमा पाइला राखेकै बर्ष नायिका जानवी कपुरले चलचित्र ‘धडक’बाट डेब्यू गरेकी थिइन् । यसैले पनि बलिउड मिडियामा उनीहरुविचको प्रतिस्पर्धाको खबर सार्वजनिक भैरहेको हुन्छ ।
बक्स अफिस आँकडा हेर्ने हो भने जानवी भन्दा सारा सफल मानिन्छिन् । तर, मिडियामा चर्चा भएको भन्दै विल्कुलै फरक छ जानवी र साराको सम्बन्ध । हालै मात्र एक भिडियो भाइरल भैरहेको छ ।
सामाजिक संजालमा भाइरल भैरहेको भिडियोमा सारा र जानवी एकसाथ व्यायम गर्दैछन् । यी दुबैको प्रशिक्षक एउटै भएकाले पनि उनीहरुले एकसाथ व्यायम गरेका हुन् । साराले सामाजिक संजालमा भिडियो पोष्ट गरेपछि फ्यानहरुले यी दुइको मित्रताको प्रशंसा गरिरहेका छन् ।
प्रतिक्रिया 4