Comments Add Comment

पर्यटकीय स्थल उनाएचौरमा भगवतीको मन्दिर निर्माण

८ वैशाख, गुल्मी । गुल्मीको पर्यटकीय स्थल उनाएचौरमा खड्ग भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पुरातात्विक शैलीमा मन्दिर निर्माण गरिएको हो ।

नवनिर्मित मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गरेका छन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगरभित्र उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए ।

उनाएचौरलाई मुख्य पर्यटकीय गन्तव्य बनाउनका लागि अन्य धेरै भौतिक संरचना पनि बनाइने भुसालले बताए । मन्दिर निर्माणसँगै खेलकुद मैदान, ट्रि–हाउस लगायतका संरचना बनेकाले यसक्षेत्रमा अन्तरिक एवं बाह्य पर्यटक समेत भित्रने नगरप्रमुख भुसालले भनाइ छ ।

नगरभित्रका रेसुङ्गा अर्जुन र उनाएचौरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन नगरपालिका लागि परेको उनले बताए । पुरानो ऐतिहासिक मन्दिर रहेको स्थानमा जिर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माण गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर–७ का वडाअध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको गन्तव्य १ सय कार्यक्रम अन्तर्गत रु ४७ लाख र मन्दिर व्यवस्थापन समितिको ११ लाख गरी ५८ लाखको लागतमा मन्दिर निर्माण गरिएको पाण्डेल बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने उनाएचौरमा ट्रि–हाउस निर्माणले यस स्थल निकै परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment