Comments Add Comment

कर्णालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु

१८ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेशमा थप चारजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सुर्खेतका दुई र सल्यानका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

सूचना अधिकारी चौधरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की ३२ वर्षीया महिला र गुर्भाकोट नगरपालिका–१३ का ३५ वर्षीय पुरुषको शनिबार दिउँसो प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै सल्यानको बागचौर नगरपालिका–२ का २६ वर्षीय पुरुष र रोल्पाको गंगादेव गाँउपालिका–३ की ४८ वर्षीया महिलाको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

मृतक चारै जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको निर्देशनालयले जनाएको छ । योसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment