+
+
Shares

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १३:१०
फाइल तस्वीर

१९ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको मृत्यु भएको हो ।

होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आइतबार बिहान स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल ल्याउने तयारी गर्दा गर्दै घरमै उनको मृत्यु भएको ओलीले बताए ।

बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको नेपालगञ्जस्थि नर्सिङ होममा मृत्यु भएको उनले बताए । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?