Comments Add Comment

हत्या अभियोगमा गुल्मीबाट तीनजना पक्राउ

१९ वैशाख, गुल्मी । गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तीचौर घर भई वडा नम्बर–१ छिनुवामा होटल सञ्चालन गर्ने २३ वर्षीय मोतीबहादुर कुँवर गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा फेला परेका थिए । उनलाई उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।

प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार पक्राउ परेकाहरुले गत भदौ ३ गते तीजको राम हेर्न राहले जाने क्रममा भएको विवाद भएको प्रहरीलाई बयान दिएका छन् । तीजको राम हेर्न जाँदा युवतीलाई किन लाइट देखाएको ? भन्ने विषयमा रमेश र मृतक मोतीबहादुर कुँवरबीच भदौ २१ गते राति होटलमै कुटाकुट भएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment