+
+
Shares

करणी कसूरका दोषी १० वर्षपछि प्रहरी फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते २०:०१

१९ वैशाख, संखुवासभा । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना  फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेकबहादुर अधिकारीलाई घटना भएको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभाको चैनपुर नगरपालिका १० का ४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ गते चैनपुर ल्याएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालत संखुवासभाले १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको  मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो । अधिकारी २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

१० वर्षदेखि फरार रहँदै आएका अधिकारीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको  भनिएको छ । जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका डिएसपी नवराज मल्लका अनुसार १७ गते पक्राउ गरिएका अधिकारीलाई १९ बैशाखमा अदालत पेश गरेर कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?