+

एनएसएलमा ललितपुर चार खेलसम्म जितविहीन

२०७८ वैशाख  १९ गते २०:३८ २०७८ वैशाख १९ गते २०:३८
एनएसएलमा ललितपुर चार खेलसम्म जितविहीन

१९ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा आइतबार पोखरा थण्डर्ससंग गोलरहित बराबरी खेलेपछि शीर्ष चारमा पर्ने अभियानमा धक्का लागेको छ ।

लिगको उद्घाटन खेलमै काठमाडौं रेजर्ससंग १-० ले पराजित भएपछि ललितपुरले खेलेको यो लगातार तेस्रो बराबरी हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा ललितपुरले गोल गर्ने अवसर पाएपनि फिनिसिङमा चुक्दा जितबाट बन्चित बन्यो ।

खेलको ५१ औं मिनेटमा कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले पोखराका गोलकिपर दीप कार्कीलाई बिट गर्दै खाली पोष्टमा प्रहार गरेको बल डिफेण्डर अजित भण्डारीले गोललाइन भन्दा ठीक अघिबाट क्लियर गरेका थिए ।

ललितपुरले पोखराविरुद्ध नाइजेरियाली डिफेण्डर पिटर सेगुनलाई डेब्यु गराउँदै डिफेन्स भने बलियो बनाएको थियो । तर फरवार्ड लाइन फिनिसिङमा निरन्तर चुकिरहेको छ ।

लगातार तेस्रो बराबरीपछि कप्तान अन्जन विष्ट समेत निराश थिए । उनले अट्याकिङ थर्डमा टिम चुकिरहेकोले आफू सहित सबैले कमजोरी सुधार गर्नुपर्ने खेलपछि ब्रोडकास्टरसंग बताएका थिए ।

सात टिम सहभागी लिगमा तेस्रो बराबरीपछि ललितपुरको ४ खेलबाट जम्मा ३ अंक छ र छैटौं स्थानमै यथावत छ । प्लेअफमा पुग्नका लागि कम्तीमा शीर्ष चारमा अटाउनुपर्ने हुन्छ । लिगमा अब दुई खेल खेल्न बाँकी रहँदा ललितपुरलाई धक्का लागेको छ र दबाब समेत बढेको छ ।

उता दोस्रो बराबरी खेलेको पोखरा थण्डर्स ४ खेलबाट ५ अंक जोड्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । बुटवल लुम्बिनी एफसीको पनि समान अंक भएपनि हेड टु हेड र गोल अन्तर दुवैमा बुटवल पोखरा भन्दा अघि छ । प्रतियोगिता बुटवल एक मात्र अपराजित टिम हो ।

ललितपुरका प्रवेश कुँवर प्लेअर अफ दि म्याच घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । यस्तै इमर्जिङ प्लेअर अफ दि म्याच बनेका पोखराका आयुष घलानले १० हजार प्राप्त गरे ।

एनएसएल खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय