
वैशाखको ६ गतेबाट छायांकन सुरु गरिएको चलचित्र ‘बाबरी’को काम रोकिएको छ । यो चलचित्रको काम आइतबार रोकिएको हो । निर्माणपक्षले भने पहिलो सेड्यूल सकिएको जानकारी दिएको छ । तर, चलचित्रको छायांकन भैरहेको झापामा समेत आइतबार राती १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी भएपछि यसको निर्माणपक्षले छायांकन रोकेको हो ।
छायांकन रोकेर यसको टिम काठमाण्डौ फर्किसकेको छ । नेपालमा छायांकन सकेर सिक्किममा चलचित्रको छायांकन सुरु गर्ने योजनामा यसको निर्माणपक्ष थियो । तर, सिक्किममा पनि अहिले छायांकन गर्ने अवस्था नभएको भन्दै निर्माणपक्षले काम स्थगित गरेको हो ।
यसअघि चलचित्र ‘आँधी तुफान २’को पनि छायांकन स्थगित भएको थियो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भैरहेको चलचित्रमा अदिती वुढाथोकी, धिरज मगर लगायका कलाकारको अभिनय छ ।
अब, कोभिडको अवस्था सामान्य भएपछि काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4