
४ जेठ, काठमाडौं । दाङको गढवा गाउँपालिकाले सन्चालन गरेको कोभिड आइसोलेसन सेन्टरलाई आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले स्वास्थ्य सामग्री र फलफूल सहयोग गरेका छन् ।
संस्थाका अनुगमन अधिकृत बसन्त कुमार शर्माले गढवास्थित आइसोलेसन सेन्टरमा रहेकाहरुलाई मास्क, सेनिटाइजर, डस्टबिन, गम्छा, साबुन, ब्रस, टुथपेस्ट र फलफूल लगायतका सामग्री सहयोग गरेको बताए ।
‘हामी कर्मचारीहरुले व्यक्तिगत खर्च कटौती गरेर बिरामीहरुका लागि सकेको सहयोग गर्यौं’ शर्माले भने ।
कर्मचारीहरु नवीन किशोर अधिकारी, मेनका यादव, टीका आचार्यलगायतको पहलमा जुटाइएका सामग्रीहरु शर्माले आइसोलेसन सेन्टरका इन्चार्ज सूर्यनारायण यादवलाई हस्तान्तरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4