Comments Add Comment

इजरायली प्रधानमन्त्री नेतान्याहूको पद धरापमा

१७ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पद जानसक्ने सम्भावना देखिएको छ । इजरायलमा नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना बलियो देखिएको हो । विपक्षी गठबन्धनले सरकार बनाउने तयारी गरेसँगै नेतान्याहूले उक्त गठबन्धन मुलुकको सुरक्षाको लागि खतरानक हुन सक्ने चेतावनी दिएका छन् । इजरायलका महत्वपूर्ण दक्षिणपन्थी नेता नेफ्टाली बेनेटदे नयाँ गठबन्धनमा सामेल हुने घोषणा गरेसँगै इजरायलका प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

बेनेट इजरायलको सरकारमा निकै महत्वपूर्ण नेता मानिँदै आएका छन् । उनको यामिना पार्टी गठबन्धनमा सामेल हुँदा नेतान्याहूको १२ वर्षदेखिको सत्ताको अन्त्य हुन सक्छ । ७१ वर्षीय नेतान्याहू इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता हुन् । इजरायलको राजनीतिमा उनको दबदबा अझै पनि कायमै छ । यद्यपि भ्रष्टाचार र धाँधलीको आरोपको सामना गरिरहेका नेतान्याहूले गत मार्चमा भएको निर्वाचनमा बहुमत ल्याउन सकेनन् र निर्वाचनपछि आफ्ना सहयोगी पार्टीबाट पनि उनलाई समर्थन प्राप्त भएन ।

इजरायलमा पछिल्लो दुई वर्षमा निरन्तर राजनीतिक अस्थिरता देखिँदै आएको छ । यो अवधिमा इजरायलमा दुईपटक निर्वाचन भइसकेको छ । यद्यपि अझै पनि स्थिर सरकार भने बन्न सकेको छैन । अहिले इजरायलमा गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको छ । नेतान्याहूले बहुमत सिद्ध गर्न नसकेपछि दोस्रो ठूलो पार्टी येस एतिडलाई सरकार बनाउने मौका दिइएको छ । आगमी बुधबारसम्म यो पार्टीले बहुमत सिद्ध गर्नुपर्ने हुन्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment