Comments Add Comment

कोभिडविरुद्धको ‘सिनोभ्याक’ खोपलाई नेपालमा अनुमति

२१ जेठ, काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो ।

गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिन्छ ।

नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल र रुसी खोप स्पुतनिक भी र भारतीय खोप कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले भ्याक्सिन, अक्सिजन कन्सन्ट्रेसन, पेडिएट्रिक भेन्टिलेटर, आईसीयू बेड, मनिटर, पीसीआर टेस्ट किटबाहेक अन्य स्वास्थ्य सामग्री सहयोग नपठाउनका लागि परराष्ट्रमन्त्रालयमा पत्राचार गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।

अन्य स्वास्थ्य सामग्री आवश्यकभन्दा धेरै आएको र थप सहयोग गर्न चाहने निकायले यी सामगी्रलाई प्राथमिकतामा राख्न आग्रहसहित परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment