Comments Add Comment

मेक्सिकोको रहस्यमय गाउँ, जहाँ बस्ने सबैजना दृष्टिविहीन छन्

संसारमा केही ठाउँ यस्ता रहस्यमय तथा अनौठा छन्, जसको लुकेको कुरा अहिलेसम्म कसैले खोल्न सकेको छैन । मेक्सिकोमा पनि एउटा यस्तो रहस्यमय गाउँ छ जहाँ बस्ने सबै मानिसमात्र होइन जनावरसमेत दृष्टिविहीन छन् ।

मेक्सिकोमा रहेको टिल्टपक गाउँलाई संसारको अन्धो गाउँ पनि भनिन्छ । यो दुनियाँको सबैभन्दा रहस्यमय गाउँ पनि हो ।

उक्त गाउँमा जेमोटेक आदिवासी समुदायका मानिसहरु बस्दछन् । गाउँमा जब कुनै बच्चा जन्मिन्छ, जन्मिने बेलामा सबै ठीक हुन्छ शारीरिकरुपमा । तर, केही दिनपछि नै उसको आँखाको ज्योति गुम्दछ र गाउँका अन्य मानिस जस्तै दृष्टिविहीन बन्दछ ।

गाउँलेहरुले आफूहरुको आँखाको ज्योति गुम्नुको कारण एएटा रुख भएको विश्वास गर्दछन् । लाभजुयला नामक एक श्रापित रुख हेरेसँगै त्यहाँका मानिस देखि पशुपन्क्षी सबै अन्धा हुने गरेको गाउँलेहरुको दाबी छ । तर, वैज्ञानिकहरु भने यस्तो तर्कलाई स्वीकार गर्न तयार छैनन् । गाउँका मानिसहरुको अन्धोपनको कारक श्रापित रुख नभई एक खतरनाक तथा विषालु झिंगा हुनसक्ने वैज्ञानिकहरुको ठहर छ ।

विज्ञहरुका अनुसार उक्त विषालु झिंगाले टोकेसँगै मानिसको आँखाको ज्योति गुम्दछ ।

गाउँका सबै मानिसहरु झुपडीमा बस्दछन् । गाउँमा झण्डै ७० वटा झुपडी छन् जसमा झण्डै ३ सय मानिसको बसोबास छ । ती सबै मानिस दृष्टिविहीन हुनु गाउँको सबैभन्दा ठूलो विडम्बना हो । सबै मानिस दृष्टिविहीन भएकैले कुनै पनि घरमा ढोका राखिएको छैन ।

एजेनसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment