
२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् । पत्रकारसँगको कुराकानीमा मेयर शाक्यले कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने जानकारी दिए ।
यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने पनि उनले जानकारी दिए । नगर क्षेत्रका संक्रमित तथा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई केही सहायता उपलब्ध गराउने पनि मेयर शाक्यले बताए ।
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कोरोनाका कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने उनको भनाइ छ । बताउनुभयो । महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने पनि शाक्यले बताए ।
प्रतिक्रिया 4