Comments Add Comment

फास्टफुडसहित दर्जनौं वस्तुको अनलाइन बिक्री र होम डेलिभरी खुला (सूचीसहित)

अदालतको आदेश आइपुगेको छैन-प्रशासन

२५ जेठ, काठमाडौं । रेस्टुरेन्टमा बन्ने फास्टफूडका परिकारसहित पाँच दर्जन हाराहारीका वस्तुको अनलाइन मार्फत बिक्री र होम डेलिभरी सेवा फुकुवा भएको छ ।

निषेधाज्ञामा अनलाइनमा आधारित ई-कमर्स डेलिभरी सेवामा प्रतिबन्ध नलगाउन जिल्ला प्रशासनका नाममा सोमबार सर्वोच्च अदालतले अन्तरिम जारी गरेपछि ती वस्तुको अनलाइन डेलिभरी सेवा खुला भएको हो ।

ई-कमर्स व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुरुआत गर्न सक्ने ई-कमर्श व्यवसायीको तर्फबाट सर्वोच्चमा रिट निवेदक अधिवक्ता अवेश अधिकारीले बताए ।

निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको मापदण्ड २०७७ को अनुसूची-१ ले तोकेको वस्तुको अनलाइन बिक्री र होम डेलिभरी सेवा सुचारु गर्न सकिने  अधिवक्ता अधिकारीले बताए ।

०७७ को अनुसूचीमा अहिलेको अवस्थामा मानवीय आवश्यकता अधिकांश वस्तु समेटिएको र त्यो कार्यान्वयन गर्नु व्यवसायीको अधिकार र सहजीकरण  गर्नु विपक्षीहरुलाई अनिवार्य भएको उनले बताए ।

कुन-कुन वस्तु अब अनलाइनमा ? 

कोरोना महामारी कारण पहिलोपटक गत साल जारी गरिगरिएको लकडाउनका बेला होम डोलीभरी सेवा बन्द थियो । तर, सेवा प्रदायकहरुले डेलिभरी सेवा नरोक्न गरेको आग्रहपछि निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी सेवा निश्चत शर्तमा खुला गर्न काठमाडौंका जिल्ला प्रशासन कार्यालयहरु तयार भए ।

सोही क्रममा व्यवसायी र स्थानीय प्रशासनले ‘निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड २०७७ को बनेको थियो । सोही मापदण्डले तोकेको फाष्टफूड लगायतका ५७ प्रकारका वस्तुको डेलिभरी सर्वोच्चको अन्तरिम आदेशसँगै खुला भएको छ ।

जसअनुसार खाद्य वस्तु, डेरी, सौन्दर्य सामाग्री, बच्चाका सरसामान, व्यक्तिगत सरसफाई, कुकुर र माछाका आहार तथा मासु र फ्रोजन मिटका परिकारको होम डेलिभरी गर्न पाइन्छ ।

सेवा सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालाना भने अनिवार्य गर्न आदेशमै उल्लेख छ । जसअनुसार २०७७ को कार्यविधिमा तोकिएको मापदण्डमै सेवा प्रदायकले पालना गर्नु पर्नेछ ।

डेलिभरीकर्ता पीसीआर नेगेटिभ भएको, पीपीई, मास्क, पन्जा लगाएको, सामाजिक दुरी कायम गरेर वस्तुको डेलिभरी गर्ने लगायतका कार्य गर्नु पर्नेछ ।

मंगलबार दिनभर रोकिए सेवा प्रदायक 

सर्वोच्च अदालतले ई-कमर्स व्यवसायले होम डेलिभरी सुरु गर्न अन्तरिम आदे दिएपनि मंगलबार दिनभर यो सेवा सञ्चालन हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको आधारमा चलेका दर्जनौं ई-कमर्स कम्पनीको सेवालाई प्रहरीले सडकमा अवरोध गरेको इ कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले बताए ।

‘आज पनि दिनभर सेवालाई अबरुद्ध रह्यो, सर्वोच्चको आदेश पालना भएको छैन,’ भट्टले अनलाइनखबरसँग भने ।

सिंहदरबार, न्यूरोड लगायतका कयौं क्षेत्रमा यस्ता सेवा प्रदायकलाई रोकिएको गुनासो व्यवसायीहरुबाट आएको भट्टले बताए । सर्वोच्चको आदेश देखाउँदा पनि फिल्डमा खटिएका सुरक्षाकर्मीबाट सहजीकरण नभएको उनले बताए ।

यता निषेधाज्ञा कार्यन्वयन गरिरहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने सर्वोच्चको आदेशबारे अनभिज्ञता प्रकट गरेको छ । ई-कमर्श व्यवसायको होम डेलिभरी खुला गर्नेबारे सर्वोच्चको अन्तरिम आदेश प्राप्त नभएको र त्यो नपाउँदासम्म सेवा सञ्चालनमा लगाइको रोक यावत रहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘हामीले पनि सञ्चार माध्यमबाट मार्त्र सुनेका हौं, आधिकारिक जानकारी नआएसम्म सेवा खुल्ला भएको मान्नु हुन्न,’ अधिकारीले अनलाइनखबरसँग भने ।

आदेश अनुसार होम डेलिभरी गर्न पाइने वस्तुको सूची

(क) खाद्य परिकाहरु 

१.चामल तथा यसबाट बनेका परिकारहरु

२. दलहन गेडागुडी

३.चिनी

४.नुन

५.खाने तेल

६. पकाउन आवश्यक पर्ने सामाग्रीहरु

७. हरियो तरकारी

८.फलफूल

९.पानी

१० चाउचाउ र यसका परिकार

११.बिस्कुस्ट तथा कुकीज

१२.ब्रेकफास्ट र यसका लागि आवश्यक खाद्य वस्तु

१३. डेरी तथा दूधका परिकार

१४. मासु तथा माछा

१५.प्रशोधन गरिएको मासु

१६.फ्रोजन फूड

१७.गहुँ तथा पिठो

१८. मसला

१९. दूध तथा दूधजन्य पदार्थ

२०.ड्राई फ्रूट्स

२१.चिया तथा कफी

२२. सफ्ट डि्रङ्स

२३.फाष्ट फूडका आइटम

(ख) बेबी प्रडक्ट

१. बच्चाले पिउने दूध र यसका परिकार

२. डाइपर

३. वाइप्स्

४.बच्चाका खाद्यन्न

५.बच्चाको खाद्य आहारका लागि आवश्यक वस्तुहरु

(ग) छाला तथा यसका स्याहार उतपादनहहरु

(घ) कपाल स्याहार र यसका उत्पादनहरु

(ङ) व्यक्तिगत स्याहारका वस्तुहरु

१. साबुन

२.फेसवास

३. सर्फ

४. स्याम्पो

५.मुख र यसको स्याहारका उप्तादनहरु

६. सेभिङ प्रडकट

७.व्यक्तिगत ग्रुमिङका उत्पादन

८. स्यानीटरी प्याड तथा यसका आवश्यक उत्पादनहरु

(च) कुकुरका आहार र स्याहारका वस्तु

१. पेट फूड

२.पेट स्याहाँर सामाग्री

३. पेट औषधी

(छ) व्यक्तिगत सुरक्षा सामग्रीहरु

१. फेस मास्क

२.स्यानिटाइजर

३. पन्जा

(ज) घरयासी स्यानिटेसनका सामाग्रीहरु

१. ट्वाइलेट क्लिनर

२.फ्लोर क्लिनर

३. कोठा क्लिनर

४. स्यानीटरी न्यापकिन

५. डेटरजेन्ट

६ टिस्युपेपर

७. लामखुट्टे धपाउने वस्तुहरु

(ञ)  कषि बिउ बिजन, औजार र औषधी तथा त्यससँग सम्बन्धित उत्पादनहरु

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment