Comments Add Comment

भारतले सच्यायो कोरोना तथ्यांक, एकैदिन थपिए ६ हजारभन्दा धेरै मृतक

२७ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ हजार १४८ ले बढेको छ । बिहारको सरकारले आफ्नो तथ्यांक सच्याउँदै अतिरिक्त ३ हजार ९५१ मृतक संख्या थपेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यो तथ्यांकसँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि २ करोड ९१ लाख ८३ हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ११ लाख ६७ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा तामिलनाडुमा सबैभन्दा बढी १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या १६ हजारभन्दा धेरै छ । महाराष्ट्र र कर्नाटकमा पनि १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म २३ करोड ९० लाख ५८ हजार डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment