Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ

२७ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेका गुरुङले निकुञ्जमा चारवटा गैंडा मारेको स्वीकार गरेका छन् । उनलाई निकुञ्जले खोजी सूचीमा राखेको थियो । उनका केही सहयोगीलाई यसअघि नै पक्राउ गरिसकिएको छ भने अन्य केहीको खोजी भइरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

निकुञ्जले गैंडा चोरी शिकारी शून्य बनाएको चौथो वर्षपछि गुरुङको समूहले निकुञ्जमा गैंडा मारेको उनले बताए । योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment