+
+

कटुवा पेस्तोलसहित सिरहाबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १५:०३

३० जेठ, जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?