Comments Add Comment

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४३८ पीसीआर परीक्षणमा २०४९ जनामा र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने ८४६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९६, झापामा १६०, ललितपुरमा १४५, मोरङमा ११५, चितवनमा १०८ र सुनसरीमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नुवाकोटमा ८५, काभ्रेपलाञ्चोकमा ८४, कास्कीमा ८१, भक्तपुरमा ६६ , रुपन्देहीमा ५६, मकवानपुरमा ५२, नवलपरासी पूर्वमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा ५६, धनुषामा ४०, दोलखामा ३४, गोरखामा ३१, धादिङमा २८, पाल्पामा २६, दाङमा २७, अछाममा २३, सप्तरीमा २२, उदयपुर र सिन्धुलीमा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जुम्लामा १४, सोलुखुम्बु, रौतहट र रामेछापमा ११/११ जना, पर्सा र रसुवामा १०/१० जना,कञ्चनपुरमा ९, महोत्तरी, गुल्मी र नवलपरासी पश्चिममा ८/८ जना, बारा र सर्लाहीमा ७/७ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँ, अर्घाखाँची र बर्दिया ६/६ जना, संखुवासभा, सिरहा, म्याग्दी, बागलुङ, कपिलवस्तु र सल्यानमा ५/५ जना, इलाम, धनकुटा, बाँके र रुकुम पश्चिममा ४/४ जना, तेह्रथुम, लमजुङ, रोल्पा, कालिकोट, कञ्चनपुर, कैलाली र बैतडीमा ३/३ जना, ओखलढुंगा, पर्वत, स्याङजा, प्युठान र जाजरकोटमा २/२ जना तथा रुकुम पश्चिम, दैलेख, सुर्खेत र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ६४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment