Comments Add Comment

सन् २०२५ देखि विन्डोज १० बन्द हुने

माइक्रोसफ्टको सबैभन्दा पछिल्लो तथा लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० आगामी सन् २०२५ देखि बन्द हुने भएको छ ।

यही महिनाको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गरिने जानकारी गराएको हो ।

विन्डोज १० लञ्च गर्ने बेला नै माइक्रोसफ्टले त्यो नै विन्डोजको अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने बताएको थियो ।

तर सन् २०२५ को अक्टोबर १४ देखि विन्डोज १० को होम तथा प्रो भर्सनमा नयाँ अपडेट र सेक्योरिटी फिक्सेसहरु उपलब्ध नगराइने माइक्रोसफ्टले जनाएको छ ।

साथै विन्डोजलाई प्रतिस्थापन गर्नेगरी आगामी दिनमा सार्वजनिक हुने अपरेटिङ सिस्टम पछिल्ला दशककै सबैभन्दा उल्लेख्य अपडेटको रुपमा रहने माइक्रोसफ्टले दाबी गरेको छ ।

स्मरण रहोस् विन्डोज १० भन्दा अगाडिको विन्डोज ७ लाई माइक्रोसफ्टले आम प्रयोगका लागि सन् २०२० मै अन्त्य गरिसकेको छ । यद्यपि विन्डोज ७ प्रोफेसनल र विन्डोज ७ इन्टरप्राइज संस्करणका प्रयोगकर्ताले भने सशुल्क अपडेट प्राप्त गरिरहेका छन्।

Windows as a service भन्ने नाराका साथ सन् २०१५ को जुलाईमा विन्डोज १० रिलिज भएको थियो । त्यसबेला माइक्रोसफ्टले वर्षेनी नयाँ नयाँ विन्डोज संस्करण ल्याउनुको साटो निरन्तर नि:शुल्क रुपमा विन्डोज १० मै अपडेट उपलब्ध गराउने जनाएको थियो । माइक्रोसफ्टका सिइओ सत्य नादेल्लाले विन्डोज १० ले पर्सनल कम्प्युटिङको क्षेत्रमा नयाँ यूगको सुरुवात गरेको दाबी गरेका थिए ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment