Comments Add Comment

सेयर बजारमा उच्च अंककाे गिरावट, करिब १२ अर्बकाे काराेबार

६ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा राेकिएकाे छ । नेप्सेमा कारोबार हुने अधिकांक कम्पनीहरुको सेयर मूल्य घटेर बजार समूहगत सवइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९  सय ०५ दशमलव  ३२ अंकमा झरेकाे छ । नेप्से परिसूचक ठूलाे अंकले घट्दा काराेबार रकम भने यस अघिकाे काराेबार भन्दा थाेरै सुधारिएकाे छ । गत बिहीबार ११ अर्ब भन्दाकमकाे काराेबार भएकाेमा आइतबार भने करिब १२ अर्बकाे काराेबार भएकाे छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ काराेबारबाट २३० कम्पनीकाे २ कराेड ७३ लाख ४४ हजार ५ सय कित्ता सेयर सेयर किनबेच भएका छन् ।

जसबाट काराेबार रकम ११ अर्ब ८१ कराेड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेकाे छ । आइतबार अत्यन्तै कममात्रै कम्पनीहरुको सेयर मूल्य बढेको छ । आज बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै गुमाउनेहरुमा फाइनान्स र विकास बैंक समूह देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment