+
+
Shares

त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ ?

आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते ८:५३
अभ्यासमा रहेको हिमालय एयरलाइन्सको हवाईजहाज । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

७ असार, काठमाडौं । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?