+

किरणलाई गोलकिपर अफ दि सिजन अवार्ड

२०७८ असार  १४ गते २१:२४ २०७८ असार १४ गते २१:२४
किरणलाई गोलकिपर अफ दि सिजन अवार्ड

१४ असार, काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् । उनले गत सिजन राउण्ड ग्लास प्जावबाट लिग खेलेका थिए ।

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले अवार्ड जितेको जनाएको छ ।

किरणले पन्जाबका लागि कूल १४ खेल खेल्दा ७ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले ५६ सट रोकेका थिए । किरण आइ लिगमा उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए । जसबापत उनले २ लाख ५० हजार पुरस्कार समेत पाएका थिए ।

किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय