+
+
Shares

नेपाल एयरलाइन्समा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १७:४२

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारी युनियनले महाप्रबन्धकको कार्यकक्षमा लगाएको ताला प्रहरिले खोलेको छ ।

सञ्चालक समितिले नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारीले शुक्रबारदेखि आन्दोलन शुरु गरेका थिए ।

उनीहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा ताला लगाएका थिए । तर मंगलबार प्रहरीले ताला खोलेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।

ताला खोल्ने क्रममा प्रहरी र कर्मचारीबीच केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।

निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका छन् ।

सरकारले आगामी आवको बजेटमा निगमको संस्थापक सुदृढीकरणका लागि रणनीतिक साझेदार ल्याउने नीति लिएको छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?