Comments Add Comment

देउवाको शपथ ग्रहण : ओली अनुपस्थित, माधव नेपाल उपस्थित

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।

शपथ ग्रहणका लागि देउवा शीतलनिवास पुगिसकेका छन् । शपथ ग्रहण  समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।

तर निवर्तमान प्रधानमन्त्री एवं प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली गएका छैनन् । एमाले नेता एवं निवर्तमान प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, ‘भ्याउँदा जाने, नभ्याउँदा नजाने अभ्यास शेरबहादुरजीले नै गर्नुभएको हो ।’ ३१ वैशाखमा ओलीले प्रधानमन्त्री पदको शपथ लिंदा र अरु मन्त्रीहरुको शपथमा पनि देउवा नगएको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment