+
+

पोखराका मेयर जिसीको शल्यक्रियाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २ गते १२:३६

२ असार, पोखरा । मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ । उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिएको छ ।

‘सुरुमा अप्रेसन नगर्ने कि भन्ने थियो । तर, नसा सुन्निएकाले अप्रेसन गर्न लागिएको हो,’ मेयरसँगै काठमाडौं रहेका पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘केहीबेरमा अप्रेसन गर्ने तयारी छ ।’

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई अस्पताल लगिएको थियो । उपचारमा संग्लग्न चिकित्सकले उनको मस्तिष्कघात भएको पुष्टि गरेका थिए ।

पोखराकै मणिपाल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई दिउँसो हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे समस्या देखिएको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?