Comments Add Comment

टि-सिरिजका मालिकमाथि ‘दुष्कर्म’को आरोप

भारतका चर्चित म्युजिक कम्पनी टि-सिरिजका मालिक भूषण कुमार विरुद्ध ‘दुष्कर्म’ गरेको अरोप लागेको छ । ३० वर्षीय महिलाले आफुलाई एक प्रोजेक्टमा काम दिने प्रलोभन देखाएर बलात्कार गरेको जिकिर गरेकी छिन् । यसको खण्डन गर्दै कम्पनीले भुषण कूमारमाथि लागेको आरोप झुटो भएको बताएका छन् । भनिएको छ, ‘यो पूर्ण रुपमा झुटो र दुर्भावनापूर्ण छ ।’

टि सिरिजले एक लामो पत्र जारी गरेको छ, जसमा लेखिएको छ–‘मिस्टर भूषण कुमार विरुद्धको आरोप एकदमै झुटो हो । ति महिलालाई छल गरेर सन् २०१७ देखि २०२० को बीचमा यौन शोषण गरेको भन्ने कुरा झुटो हो । हाम्रो रेकर्ड अनुसार पहिला महिलाले नै टि सिरिज ब्यानरका लागि फिल्म र म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

मार्च २०२१ मा ति महिला भूषण कुमारकहाँ आएकी थिइन् । उनी एक वेब सिरिजका लागि सहयोग माग्न आएकी थिइन्, जसलाई उनी निर्माण गर्दै थिए । उनको प्रस्तावलाई टि सिरिजले विनम्रतापूर्वक अस्विकार गरिएको बताइन्छ । फेरी जुन २०२१ मा महाराष्ट्रमा लकडाउन हटेपछि उनको टिभी सिरिज आउन सुरु ग¥यो । अतः उनले आफ्ना साथीसँग मिलेर कम्पनीसँग मोलमोलाई गर्न थाले । यसरी महिलाले मोलमोलाई गर्न थालेपपिछ टि सिरिजले महिला विरुद्ध १ जुलाई २०२१ मा उजुरी दर्ता गरेको थियो । जबरजस्ती पैसा मागेको प्रमाण स्वरुप अडियो रेकर्ड हामीसँग सुरक्षित छ । यसलाई हामीले जाँचका लागि एजेन्सीमा पठाउँछौं । यसर्थ उनले लगाएको आरोप केवल बदलाको भावनाले मात्र हो । अब हामी पनि वकिलसँग परामर्श गरेर उचित कानुनी कारवाहीको लागि अगाडि बढ्नेछौं ।’

महिलाले भने आफुलाई भूषण कुमारले विभिन्न स्थानमा लगेर बलात्कार गरेको दावी गरेकी छिन् । उनले के पनि आरोप लगाएकी छिन् भने भूषण कुमारले उनको तस्विर र भिडियो भाइरल गर्ने धम्की पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment