+

नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

२०७८ साउन  ३ गते १६:२० २०७८ साउन ३ गते १६:२०
नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

३ साउन, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ ।

शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने नाम फिर्ता लिएका थिए ।

पहिलो पटक नेपालले यति ठूलो च्याम्पियनसिप खेल्ने अवसर प्राप्त गरे पनि कोरोना महामारीकै कारण खेल्नबाट वञ्चित हुनुपरेको हो ।

नेपाल भलिबल संघले शुक्रबारै विज्ञप्ति जारी गर्दै कोरोनाको कारण नेपालले खेल्ने अवसर नपाएको जनाउँदै अर्को वर्षका लागि खेल्ने अवसर प्रदान गर्ने पक्का गरेको बताएको छ । एभीसी बोर्ड अफ एडमिनेस्ट्रेसनले नेपाल भलिबल संघलाई अर्को वर्ष यही च्याम्पियनसिपमा सहभागिता गराउने पक्का गरेको हो ।

यस निर्णयपछि नेपालले अब अर्को वर्ष हुने एसियन च्याम्पियनसिप खेल्न पाउनेछ ।

नेपाल भलिबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय