+
+
Shares

माधव नेपालविरुद्ध युवा संघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १७:४५

४ साउन, कामठाडौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।

सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।

युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?