+
+
Shares

माछापुच्छ्रे बैङ्कको सहयोगमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ५ गते १०:५७

माछापुच्छ्रे बैङ्क लिले करोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौँको महाराजगन्जमा रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ। गएको २ वर्षदेखि विश्वव्यापी रूपमा फैलिँदै गएको करोना भाइरसको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो।

कोरोना विशेष वार्ड स्थापना गर्ने सम्बन्धी सम्झौता पत्रमा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारी तथा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन्।

सम्झौता पश्चात् बैङ्कले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ।

माछापुच्छ्रे बैङ्क लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरू र १६५ शाखारहित बैङ्किङ सेवा, ५ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३३१ स्थानबाट ९ लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०२ वटा एटिएमहरू सञ्चालनमा रहेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?