Comments Add Comment

नविन के भट्टराईको ‘संझिरहन्छु’मा राज र वर्षा

नेपाली गायन क्षेत्रमा गायक नविन के भट्टराईको नाम नयाँ होइन । नेपाली सांगीतिक क्षेत्रमा केही बर्ष अगाडिसम्म नविनको हालिमुहाली थियो ।

तर, गीतसंगीतको सुन्ने र हेर्ने शैली फेरिएपछि गायक भट्टराईले केही बर्षको अन्तरालमा मात्र गीत सार्वजनिक गर्दै आएका छन् । उनै, गायक भट्टराईले २ बर्षपछि दर्शक तथा श्रोतालाई नयाँ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

‘संझिरहन्छु’ बोलको गीतमा नविनकै शब्द, संगीत तथा स्वर छ । अनलाइनखबरसँगको कुराकानीमा नविनले भने–‘यो गीतले यात्राको कुरा भन्छ । २ बर्षपछि दर्शक तथा श्रोताका लागि मैले नयाँ कोशेली लिएर आउँदैछु । आशा छ, दर्शकले रुचाउनु हुनेछ ।’

यो गीतको भिडियोको छायांकन पनि गरिएको छ । भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् । भिडियोमा सौरभ लामाको छायांकन छ । अर्जुन जीसीको सम्पादन रहने भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् ।

विगत केही महिनादेखि बजारमा वर्षा र राजको प्रेम चर्चा पनि चलिरहेको छ । यसैले पनि यो जोडीलाई एकसाथ भिडियोमा हेर्नका लागि दर्शक पनि उत्साहित छन् । राज र वर्षाले नविन के भट्टराईको गीतमा काम गर्न पाउँदा उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment