+
+
Shares

डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १६:१६

१० साउन, काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ ।

उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।

प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?