Comments Add Comment

‘कमेडी क्याफे’मा ६ जोडीले १२ हप्तासम्म प्रस्तुति दिने

‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिएसँगै यसको टिमले नयाँ कमेडी शो दर्शकमाझ ल्याउने भएको छ । विशाल भण्डारीकै निर्देशनमा ‘कमेडी क्याफे’ नामक शो दर्शकमाझ आउने भएको हो । यो शोमा ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका ७ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन् ।

यस्तै, ‘कमेडी च्याम्पियन’कै दोश्रो सिजनका ३ जना प्रतिस्पर्धीलाई शोमा सहभागी गराउने तयारी निर्माण टिमले गरेको छ । एक जोडी भने च्याम्पियन भन्दा बाहिरका ल्याउने तयारी भैरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

उनका अनुसार, १२ हप्तासम्म ६ जोडीले प्रस्तुति दिनेछन् । यो शोमा कुनै पनि जोडी नबाहिरिने उनको भनाई छ । १२ हप्तासम्म निर्णायकले दिने अंकको आधारमा एक जोडी विजेता घोषित हुने विशालले बताए ।

‘शोको बिषयमा अहिले हामी छलफलमा नै छौं । कुन टीभीबाट शो सार्वजनिक गर्ने भन्ने बिषय पनि टुंगो लागेको छैन । ‘कमेडी च्याम्पियन’को यो सिजन सकिएसँगै ‘कमेडी क्याफे’को प्रशारण सुरु हुनेछ’ विशालले भने ।

‘कमेडी च्याम्पियन’को २ सिजनका १० जना सहभागीहरुलाई वर्कशप गरिसकेपछि जोडी तय गरिने विशालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment